दैलेख जिल्लामा प्राविधिक शिक्षाको भरपर्दो शैक्षिक संस्था नहुंदा तात्कालिन समयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आगिक शिक्षालय स्थापनाको लागी पहल भइरहेको र सो अवस्था तत्काल नदेखिएपछी तात्कालिन नगर प्रमुख घनस्याम भण्डारीको नेतृत्वमा स्थानिय तहको मातहत रहने गरी सवै साधनस्रोत स्थानिय तहले व्यहोर्ने गरी दुल्ल नगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको साझेदारीमा २०७६/०६/२८ मा दुल्लु नगरपालिकाको सम्बोधनमा पञ्चकोशी बहुप्राविधिक शिक्षालय स्थापना भई डिप्लोमा तहको सिभिल इन्जिनियरिङ तर्फको कार्यक्रम सुरु भयो । कर्णाली प्रदेशको पहिलो साझेदारी शिक्षालय तथा स्थानिय तहसंग साझेदारी भएको एकमात्र शिक्षालयको रुपमा पञ्चकोशी बहुप्राविधिक शिक्षालय रहेको छ । शिक्षालयमा मितिः २०७७/०८/०८ मा डिप्लोमा तहका पशुविज्ञान, कम्प्युटर इन्जिनियरिङ र फरेष्ट्रि कार्यक्रम थप भई संचालनमा छन् । हाल २०८०/८१ देखी प्रि डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थी सिभिल तर्फ कार्यक्रम समेत संचालित छ । शिक्षालयमा विद्यार्थी संख्या उल्लेखनिय रुपमा रहेको छ। हुम्ला, डोल्पा मुगु जाजरकोट लगायतका क्षात्रवाट अध्ययनको लागी यस शिक्षालय रोजाइको रुपमा रहेको छ । in english